क्षणिक निजी स्वार्थीहरुको आँखा खुलोस् : भट्टराई
काठमाडौं, असार ८ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरुको आँखा खुलोस् भन्दै...
काठमाडौं, असार ८ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरुको आँखा खुलोस् भन्दै व्यंग्य गरेका छन्।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई लक्षित गर्दै भट्टराईले समाजिक सञ्जाल ट्वीटरमा व्यग्य गरेका हुन् । संविधान निर्मातामध्ये नै संविधान शब्द, भावनाविपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउनु अदालतले उल्ट्याउनु नेपाली राजनीति रोचक समेत भएको उनको भनाइ छ ।
‘संविधानका निर्मातामध्ये नै संविधानको शब्दरभावना विपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउनेरबन्ने लज्जास्पद् हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्।’
प्रकाशित मिति: २०:३६ बजे, मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











