Kathmandu Press

आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णय, अन्तर्राष्ट्रिय उडान पनि थपिए 

काठमाडौं, असार ८ : सरकारले कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक उडान खोल्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आधा...
आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णय, अन्तर्राष्ट्रिय उडान पनि थपिए 

काठमाडौं, असार ८ : सरकारले कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक उडान खोल्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आधा यात्रु मात्र राखेर आन्तरिक उडान संचालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुमति दिएको छ । यद्यपी, उडान कहिलेदेखि संचालन गर्ने भन्ने अन्तिम निर्णय मन्त्रालयले गर्ने बताईएको छ ।

यस्तै सरकारले अन्तर्राष्ट्रिय उडान संख्या र गन्तब्य पनि बढाएको छ । अब काठमाडौं दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं इस्तानबुलमा साताको २, काठमाडौं दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं कुवेतमा साताको दुई, काठमाडौं मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं छेन्दु र ग्वाङझाओ रुटमा साताको एक एक उडान हुने गरि खुलेको हो 

प्रकाशित मिति: १९:३५ बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्