Kathmandu Press

क्लब हाउसमा नेपाल प्रहरीको लोगो दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ 

काठमाडौं, असार ८ : सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगो तथा दर्ज्यानी चिन्ह सहितको प्रहरी अधिकृतको फोटो दुरूपयोग गरेको अभियोगमा भक्तपुर चाँगुनारायण...
क्लब हाउसमा नेपाल प्रहरीको लोगो दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ 

काठमाडौं, असार ८ : सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगो तथा दर्ज्यानी चिन्ह सहितको प्रहरी अधिकृतको फोटो दुरूपयोग गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका ६ खरिबोट बस्ने २० वर्षीय ईशान लामिछानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनले उक्त क्लब हाउसमा नेपाल प्रहरीको लोगो दुरूपयोग गरी नेपाल प्रहरीको नाममा ओपन सोसियल रूम बनाई प्रहरी अधिकृतको दर्ज्यानी चिन्ह अंकित युनिफर्म सहितको फोटो दुरूपयोग गरी प्रोफाईलमा प्रहरी अधिकृतको नाम लगायतका बिबरण समेत समावेश भएको नक्कली आईडि बनाएको खुल्न आएको छ ।

उक्त आईडिबाट प्रहरी कर्मचारीको छविमा नकारात्मक प्रभाव पार्ने सूचना सम्प्रेषण गर्नुका साथै र प्रहरी संगठनको छविमा धमिल्याउने गरी भ्रमपूर्ण अफवाह फैलाएको कसूर गरेको पाइएपछि उनलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: १८:०० बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्