Kathmandu Press

मंगलबार थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि, ४१ को मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन्।
मंगलबार थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि, ४१ को मृत्यु

काठमाडौं, असार ८ : पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

१२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जना संक्रमित थपिएका हुन् । 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्