Kathmandu Press

नेपालले जोन्सन एण्ड जोन्सनको ६ लाख डोज खोप पाउने

नेपालले जोन्सन एण्ड जोन्सनको ६ लाख डोज खोप पाउने

काठमाडौं, असार ८ : कोभ्याक्सले जोन्सन एण्ड जोन्सनको ६ लाख डोज खोप नेपाललाई दिने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले दुई दिनअघि मात्र जोन्सन एण्ड जोन्सन को ६ लाख डोज खोप दिने भएको हो । 

अमेरिकी कम्पनीले विकास गरेको उक्त खोप एक डोज मात्र लगाए पुग्छ। जबकि हालसम्म नेपालमा लगाइएको सबै खोप दुई डोज लगाउनुपर्ने खालका छन्। अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एन्ट्रेजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मेले विकास गरेको ‘भेरोसेल’ नामक खोप लगाइएको छ।  

अमेरिकी कम्पनीले विकास गरेको उक्त खोप नेपालमा पहिलोपटक आउन लागेको हो। हालसम्म उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति नदिइसकेको छैन् । डब्लुएचओले भने उक्त खापलाई मान्यता दिइसकेकोछ । यस्तै नेपालमा उताबाट खोप आउनुअघि यहाँ अनुमति लिनुपर्नेछ । 

साथै, कोभ्याक्स कार्यक्रममार्फत् नै यही जुलाइ अन्तिमसम्म एस्ट्रेजेनेकाको ३ लाख ४८ हजार डोज खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

खोप शाखाका अनुसार १३ लाख बढी मानिसले खोपको दोस्रो मात्रा लगाउन बाँकी छ। १२ सातासम्ममा दोस्रो मात्रा लगाउनुपर्नेमा खोप नहुँदा दोस्रो मात्रा लगाउन सकिएको छैन।

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्