ओलीको भ्याकेटमा कर्णालीका ४ सांसदलाई बोलाउने सर्वोच्चको आदेश
काठमाडौं, असार ८ : सर्वोच्च अदालतले फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा...
काठमाडौं, असार ८ : सर्वोच्च अदालतले फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा दुवै पक्षलाई बोलाउन आदेश दिएको छ।
मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुयालको इजलासले रिट निवेदकलाई पनि बोलाउन आदेश दिएको हो । उक्त मुद्दामा दुवै पक्षलाई बोलाउन आदेश दिए पनि अर्को पेशी भने तोकिएको छैन ।
कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका एमाले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाहीलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उनीहरुमाथि एमालेले गरेको कारवाही बदर गरि पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो।











