Kathmandu Press

क्लोज क्याम्पका लागि अलमुताइरीले बोलाए ५० खेलाडी

काठमाडौं, असार ८ : आसन्न साफ च्याम्पियनसिप र एसिया कपको तेस्रो चरणको छनोटका तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अनमुताइरीले ५० जना...
क्लोज क्याम्पका लागि अलमुताइरीले बोलाए ५० खेलाडी

काठमाडौं, असार ८ : आसन्न साफ च्याम्पियनसिप र एसिया कपको तेस्रो चरणको छनोटका तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अनमुताइरीले ५० जना खेलाडीलाई ‘क्लोज क्याम्प’का लागि बोलाएका छन्।

प्रशिक्षक अलमुताइरीले जुलाई १ बन्द प्रशिक्षण सुरु गर्नका लागि ५० खेलाडीलाई बोलाएका हुन् । विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेलेर एक साताअघि मात्र फर्किएको नेपाली टिमलाई अलुमताइरीले ३ साता आराम दिएका छन् ।

एसिया कपको तेस्रो चरणको छनोटका लागि एएफसीले नियम परिवर्तन गरेपछि नेपालले सिधै तेस्रो चरणको छनोट खेल्न पाएको थियो । विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटको समूह बीमा नेपालले २ जितसहित चौथो स्थानमा थियो, र नेपालले तेस्रो चरणको छनोट खेल्न प्लेअफ खेल्नु पर्ने थियो ।

५० खेलाडी दुई समूहमा विभाजन गरेर प्रशिक्षण गराउने तयारी अलमुतारीको छ। बिहान र बेलुका गरी प्रशिक्षण दैनिक दुई सेसनमा हुने छ।

साफ च्याम्पियन्स १४ देखि २४ सेप्टेम्बरसम्म बंगलादेशमा आयोजना हुने छ भने एसिया कप छनोटको मिति तय भइसकेको छैन।

यी हुन् ‘क्लोज क्याम’मा बोलाइएका खेलाडी

किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रनदीप पौडेल, रवि पासवान, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिसिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुलिन बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ ।
 

प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्