क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
काठमाडौं, असार ८ : क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ६...
काठमाडौं, असार ८ : क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।
भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ६ खरिबोटका २० वर्षीय ईसान लामिछानेलाई नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाएको आरोपमा पक्राउ गरिएको हो ।
अदालतबाट सात दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
प्रकाशित मिति: १४:२७ बजे, मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











