Kathmandu Press

राप्रपाबाट कांग्रेस प्रवेश गरेका ५५ नेता महासमिति सदस्यमा मनोनित

काठमाडौं, असार ८ : नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहले महासमिति सदस्य पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कांग्रेस प्रवेश गरेका थापा समूहलाई ५५...
राप्रपाबाट कांग्रेस प्रवेश गरेका ५५ नेता महासमिति सदस्यमा मनोनित

काठमाडौं, असार ८ : नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहले महासमिति सदस्य पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कांग्रेस प्रवेश गरेका थापा समूहलाई ५५ जना महासमिति सदस्य दिइएको हो।

पार्टी केन्द्रीय समिति निर्णय अनुसार उनीहरुलाई महासमिति सदस्यमा समायोजन गरिएको कांग्रेसले जनाएको छ । 

महासमितिमा थापासहित रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरीलगायत छन् ।

थापासहितको समूह गत वर्ष साउनमा राप्रपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्