Kathmandu Press

ललितपुरमा बुधबारदेखि कोभिसिल्डको दोस्रो डोज लगाइँदै

काठमाडौं, असार ८ : ललितपुर महानगरपालिकाले बुधबारदेखि ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्ध  कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने भएको छ।महानगरले सूचना जारी गर्दै बुधबारदेखि बिहान १०...
ललितपुरमा बुधबारदेखि कोभिसिल्डको दोस्रो डोज लगाइँदै

काठमाडौं, असार ८ : ललितपुर महानगरपालिकाले बुधबारदेखि ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्ध  कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने भएको छ।

महानगरले सूचना जारी गर्दै बुधबारदेखि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म दोस्रो मात्रा खोप लगाइने बताएको छ।

महानगरले ७७ वर्ष माथिका दुई हजार दुई सय २० जना र जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी जम्मा दुई हजार ५०० जनालाई कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो। वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले मात्रै खोप लगाउन पाउने छन्।

महानगरपालिकाले खोप लगाउन आठ वटा खोप केन्द्र तोकेको छ।

प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्