नेपालसहित एसियाली मुलुकलाई अमेरिकाले थप एक करोड ६० लाख खोप दिने
काठमाडौं, असार ८ : अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप दिने भएको छ । अमेरिकाले खोप दिने....jpg)
काठमाडौं, असार ८ : अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप दिने भएको छ ।
अमेरिकाले खोप दिने एसियाली मुलुकहरुमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्याण्ड रहेका छन् ।
विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो ।
यस अगाडि जुन ३ मा अमेरिकाले एसियाली मुलुकहरुलाई ७० लाख खोप विनियोजन गरेको थियो । ह्वाइट हाउसका अनुसार पहिलो चरणमा गरिएको सो खोप विभिन्न मुलुकहरुमा पुग्ने क्रममा रहेको छ । पहिलो चरणमा घोषणा गरिएको खोप जुन महिनाभित्र यी मुलुकहरुमा पुग्ने अमेरिकाले जनाएको छ।
अमेरिकाले विभिन्न मुलुकलाई दिने भनेको ८ करोड खोपमध्ये ७५ प्रतिशत खोप कोभ्याक्समार्फत वितरण गर्नेछ भने बाँकी २५ प्रतिशत उसले विभिन्न मुलुकलाई सिधै वितरण गर्नेछ।











