Kathmandu Press

संविधानलाई सही बाटामा हिँडाइने छ : अध्यक्ष दाहाल

काठमाडौं, असार ८ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका...
संविधानलाई सही बाटामा हिँडाइने छ : अध्यक्ष दाहाल

काठमाडौं, असार ८ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।

माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए। 

सो अवसरमा अध्यक्ष दाहालले  पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे। पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो।

प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्