Kathmandu Press

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो

काठमाडौं, असार ८ : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। एक साता थपिएको निषेधाज्ञा केही खुकुलो बनाइएको हो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला...
काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो

काठमाडौं, असार ८ : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। 

एक साता थपिएको निषेधाज्ञा केही खुकुलो बनाइएको हो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको थियो।

उपत्यकाका निजी सवारी साधन जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइनेछ। यस्तै पसलहरु पनि बार अनुसार खोल्ने व्यवस्था गरिएको छ। 

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपुर्जाका पसल खोल्न पाइनेछ।
यसैगरी, सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने निर्णय गरिएको छ। 

यसरी खुल्ने पसल बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइने छ। खाद्यान्न, फलफूल र तरकारी पसल भने यसअघि नै दैनिक बिहान ११ बजेसम्म खुलिरहेका छन्।

प्रकाशित मिति: ०७:२२ बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्