Kathmandu Press

चर्को भाडा लिएको गुनासोपछि मन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं, असार ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तराष्ट्रिय उडानमा चर्को भाडाको असुलेको गुनासो बढेपछि पाँच सदस्य समितिको छानबिन समिति गठन गरेको...
चर्को भाडा लिएको गुनासोपछि मन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं, असार ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तराष्ट्रिय उडानमा चर्को भाडाको असुलेको गुनासो बढेपछि पाँच सदस्य समितिको छानबिन समिति गठन गरेको छ ।

विभिन्‍न ट्राभल एजेन्सीहरूले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को भाडा असुल गरेको गुनासो परेपछि सम्बन्धित निकायमा कानुनी कारबाही गर्न समिति बनाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोख्रेलको संयोजकत्त्वमा समिति बनाएको छ मन्त्रालयले जारी गरिएको विज्ञप्‍तिमा उल्लेख छ ।

पछिल्लो समय सरकारले कतार, टर्की र चीनका लागि नियमित उडान खोल्ने अनुमति दिएको थियो । नियमित उडान नहुँदा वैदेशिक रोजगारमा जानेहरूले एक लाख ७० हजार रुपैयाँ तिरेर नेपाली कामदार गन्तव्य मुलुकतर्फ गइरहेका छन् । 

प्रकाशित मिति: २१:०५ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्