Kathmandu Press

बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, २१ जना बेपत्ता 

काठमाडौं, असार ७ : अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको...
बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, २१ जना बेपत्ता 

काठमाडौं, असार ७ : अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा १-१ जना रहेका छन् ।

यस्तै, बाढी तथा पहिरोमा परी ८ सय ६ जनाको उद्दार गरिएको छ । बाढीपहिरो र डुबानमा परी २० जना घाइते भएका छन् । बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन् । तीमध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् ।

उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना र बाजुरामा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण २ सय १० वटा घर डुबानमा परेका छन् । २ सय ६ वटा घर, १२ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ ।

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्