Kathmandu Press

जिप्रका काठमाडौंले भोलिदेखि नियमित सेवा दिने 

काठमाडौं, असार ७ : निषेधाज्ञाका कारण स्थगित गरिएका जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिदैं आएका सेवाहरु मंगलबारदेखि नियमित गर्ने भएको छ ।प्रशासनले आज एक...
जिप्रका काठमाडौंले भोलिदेखि नियमित सेवा दिने 

काठमाडौं, असार ७ : निषेधाज्ञाका कारण स्थगित गरिएका जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिदैं आएका सेवाहरु मंगलबारदेखि नियमित गर्ने भएको छ ।

प्रशासनले आज एक सुचना जारी गर्दै भोलिदेखि नियमित रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नियमित रुपमा दिँदै आएको सेवाहरु सुचारु गर्ने जनाएको हो ।

अत्यावश्यक सेवा लिनुपर्ने कारण खुलाएर मात्रै सीडीयो कार्यालय आउनुपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले जनाएका छन् । कोभिड-१९ को संक्रमण उच्च भएपछि बैशाख १३ गतेदेखि अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो । 

प्रकाशित मिति: १८:३९ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्