Kathmandu Press

थपिए २२७९ संक्रमित, ३१३० जना संक्रमण मुक्त, ४६ को मृत्यु

१० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।
थपिए २२७९ संक्रमित, ३१३० जना संक्रमण मुक्त, ४६ को मृत्यु

काठमाडौं, असार ७ : पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमित थपिएका छन्।

१० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको 

अहिलेसम्म पिसिआरआर विधिबाट ६ लाख २२ हजार ६ सय ४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

सोही अवधिमा ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन्। थपिएकासहित नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ। नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

सोही अवधिमा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ। आज थपिएकोसहित नेपालमा कोरोनाबाट ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना मृत्युदर १.५ प्रतिशत रहेको जनाइएको छ।

हाल नेपालमा रहेका ५३ हजार ९ सय ४० जना सक्रिय संक्रमितमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। ८ सय ११ जना आईसीयू तथा २ सय ३७ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्