धनुषामा निषेधाज्ञा थप, अपराह्न ३ बजेसम्म पसल खोल्न पाइने
धनुषा, असार ७ : पहिलाभन्दा केही खुकुलो बनाएर धनुषामा सात दिन निषेधाज्ञा थप गरिएको छ।प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञा...
धनुषा, असार ७ : पहिलाभन्दा केही खुकुलो बनाएर धनुषामा सात दिन निषेधाज्ञा थप गरिएको छ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञा आदेशमा सामान्य हेरफेर गरी आज राति १२ बजेबाट पुनः ७ दिन थप गरी निरन्तरता दिइएको छ।
यसअघि १२ बजेसम्म आवश्यकीय पसल सञ्चालन गर्ने आदेश भएकोमा यस पटक सो समयमा परिवर्तन गरी अपराह्न ३ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ।
कार्यालय सञ्चालन सन्दर्भमा सरकारी, अर्ध सरकारी, स्थानीय तह तथा संस्थानहरूले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।
विद्यालयहरूमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरू वितरण गर्न व्यवस्था गर्न सकिने , बैङ्क तथा वित्तीय संस्थाहरूमा नियमित सेवा सुचारू गर्न पाउने आदेश दिइएको छ।
प्रकाशित मिति: १६:३८ बजे, सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)