Kathmandu Press

बालिका हत्या आरोपमा दुईजना पक्राउ

सप्तरी, असार ७ : गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ।डाक्नेश्वरी नगरपालिका-३ हटेल बस्ने रामउदगार यादवकी छोरी...
बालिका हत्या आरोपमा दुईजना पक्राउ

सप्तरी, असार ७ : गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ।

डाक्नेश्वरी नगरपालिका-३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो ।

हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो। शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ।

यौन दुव्यर्वहारपछि हत्या गरेका आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि आज राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ।

हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरु हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताइएको छ। 

प्रकाशित मिति: १६:३२ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्