Kathmandu Press

कांग्रेस नेता विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेटवार्ता

कांग्रेस नेता विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेटवार्ता

काठमाडौं, जेठ : नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । 

उमध्य वानेश्वरस्थित निधि निवासमा आज (सोमबार) दिउँसो करिब दुई घण्टा भेटवार्ता भएको बताइएको छ। निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर ती नेताहरुलाई निवासमै बोलाएको डाकेको बताइएको छ।

उनीहरूबीच कांग्रेसको आसन्न १४औं महाधिवेशनका सन्दर्भमा कुराकानी भएको स्रोतको भनाइ छ। यी तीन नेता कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन्।

प्रकाशित मिति: १५:४१ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्