साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं, जसार ७ : कोरोनाविरुद्धको खोप कोभिसल्ड पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई चाँडोभन्दा चाँडो दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा...काठमाडौं, जसार ७ : कोरोनाविरुद्धको खोप कोभिसल्ड पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई चाँडोभन्दा चाँडो दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
ज्येष्ठ नागरिक चिरञ्जीवी गिरीले आज (सोमबार) रिट निवेदन सर्वोच्च अदालतमा पेस गरेका हुन्। उक्त रिट दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
भारतीय कम्पनी सेरम इन्ष्टिच्युटद्वारा उत्पादित कोभिशिल्ड गत फागुन २३ गतेदेखि चैत ३ गतेसम्म अभियान नै सञ्चालन गरेर देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइएको थियो।
तर १२ हप्ता बितिसक्दा पनि पहिलो डोज लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज पाएका छैनन् ।
समयमा खोपको व्यवस्था नगरेर सरकारले ज्येष्ठ नागरिकको हकलगायत मौलिक हक उल्लंघन गरेको विषय रिटमा रहेको जनायएको छ।
सेरमले तत्काल खोप दिन नसक्ने जनाएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आए पनि त्यसको पनि अहिलेसम्म कुनै टुंगो देखिँदैन।











