कमल थापाले भने–विपीको विचार बोक्दा कोही छट्पटिनु पर्दैन
काठमाडौं, असार १२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांगे्रस र कम्युनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन्।
....
काठमाडौं, असार १२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांगे्रस र कम्युनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन्।
काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश हुनुले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न शुभ संकेतको आरम्भको रुपमा लिएको बताए।
थापाले मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको बताए। नाममा लोकतन्त्र तर व्यवहार भने सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै गरिबी र बेरोजगारीका बाबजुद भ्रष्टाचार महारोगको रुपमा पछिल्लो समय देखिएको उनको भनाइ छ।
विपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पिडा र छटपटी हुनु विडम्बना भएको थापाले बताए। कांग्रेस र कम्युनिष्टको वैचारिक असफलताविरुद्धमा सम्बर्धनवादको वैचारिक दर्शन अब जनताको रोजाइ हुने उनको दाबी छ।






