Kathmandu Press

नेपालमा भेटियो डेल्टा भेरियन्टको परिवर्तित रूप

काठमाडौं, असार ७ : नेपालमा कोभिड-१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा...
नेपालमा भेटियो डेल्टा भेरियन्टको परिवर्तित रूप

काठमाडौं, असार ७ : नेपालमा कोभिड-१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमुनामा फेला परेको जनाएको छ। 

मन्त्रालयका सहप्रवक्ता डा. सरीकुमार अधिकारीले नमुना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप केैन१७एन म्युटेसन देखिएको बताए। यसलाई एवाई.१ नाम दिइएको छ । 

उनका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ। मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो। 

नेपालमा अहिलेसम्म अल्फा (बि.१.१.७) र डेल्टा (बि.१.६१७.२)  तथा कप्पा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको छ।

डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए। उनले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताए।

‘यो नयाँ देखिएको भेटियन्ट होइन,’ उनले भने, ‘यसअघि पनि देखिएको छ तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ।’

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ। 

प्रकाशित मिति: १४:३० बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्