Kathmandu Press

अध्यक्ष अमेरिका गएपछि गाउँपालिकाको बजेट आएन

धादिङ, असार १३ : अधिकांश स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरेपनि धादिङको गल्छी गाउँपालिकाले भने अहिलेसम्म यसबारे छलफल नै गर्न सकेको छ....

अध्यक्ष अमेरिका गएपछि गाउँपालिकाको बजेट आएन

धादिङ, असार १३ : अधिकांश स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरेपनि धादिङको गल्छी गाउँपालिकाले भने अहिलेसम्म यसबारे छलफल नै गर्न सकेको छैन। 
    
गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ अमेरिका भ्रमणमा रहेकाले बजेट ल्याउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले बताए। बजेटको तयारी नगरिकनै छोराछोरी अमेरिका बस्ने भएकाले व्यक्तिगत भेटघाटका लागि अध्यक्ष श्रेष्ठ असार ४ गते अमेरिका गएका हुन्। असार २५ गते फकर्ने गरी अमेरिका गएका अध्यक्ष श्रेष्ठले उपाध्यक्षलाई परिषद् गराउने अधिकार नदिएपछि बजेट ल्याउने काम नै नरोकिएको हो। 

गत वर्ष पनि सो गाउँपालिकाको बजेट निर्माणमा ढिलाइ भएको थियो। धादिङ जिल्लामा गल्छीसहित रुवीभ्याली, त्रिपुरासुन्दरी, गङ्गाजमुना गाउँपालिका र धुनीबेँसी नगरपालिकाले असार १० गतेसम्म ल्याउनुपर्ने बजेट प्रस्तुत गर्न सकेका छैनन्। रासस

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, असार १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्