एमालेमा प्रवेश गरेका १८ जनालाई पार्टीबाट निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं, असार ७ : माओवादी केन्द्रले आफ्नो पार्टीबाट चुनाव जिते पनि एमाले प्रवेश गरेका १८ जनालाई कारबाही गरेको छ।आज (सोमबार) बिहान बसेको केन्द्रीय...
काठमाडौं, असार ७ : माओवादी केन्द्रले आफ्नो पार्टीबाट चुनाव जिते पनि एमाले प्रवेश गरेका १८ जनालाई कारबाही गरेको छ।
आज (सोमबार) बिहान बसेको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो। माओवादी केन्द्रको यसअघि बसेको केन्द्रीय समिति बैठकले दल त्यागेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो।
त्यही आधारमा माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो। शुक्रबार नेताहरु लीलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टीबाट कारबाहीमा परेका नेताहरूलाई पदमुक्त गरेको सूचना ननिकालेको भन्दै ध्यानाकर्षण गराएके थियो।
आयोगले पनि कारबाहीको निर्णय भएको नपाइएको भन्दै दल त्यागको सूचना जारी नगरेको जवाफ दिएको थियो। आजको बैठकले भने पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई समेत पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको बताइएको छ।
फेरि पनि निर्वाचन आयोगलाई कारबाहीबारे जानकारी दिएर ताकेता गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।











