Kathmandu Press

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

काठमाडौं, असार ७ : नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सोमबारबाट सुरु भएको छ। आईसिसी विश्पकप लिग २ अन्तर्गतको स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टिमको बन्द प्रशिक्षण आजबाट कीर्तिपुस्थित टियू मैदानमा सुरु भएको हो।

आगामी जुलाईमा नेपाल, स्कटल्यान्ड र नामिबीयाबीचको सिरिज स्पेनमा हुने तय भएपछि क्यानले बन्द प्रशिक्षक्ष सुरु गरेको हो । बन्द प्रशिक्षण आजबाट सुरु भए पनि औपचारिक रुपमा प्रशिक्षण भने मंगलबारबाट सुरु हुने बताइएको छ। आज सम्पूर्ण खेलाडीको कोरोना परीक्षण गरिने बताइएको छ।

सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । विश्वकप लिग–२ अन्तर्गतको नेपालको यो दोस्रो सिरिज हो। यअसघि नेपालले घरेलु मैदानमा अमेरिका र ओमानसँग पहिलो सिरिज खेलेको थियो।

यी हुन् बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने सहभागी हुने छन् । यस्तै, सोमपाल कामी, कमलसिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र पृथु बास्कोटा पनि बन्द प्रशिक्षणमा सहभागी हुने छन्।

प्रकाशित मिति: ११:२८ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्