Kathmandu Press

मोरङको सुन्दरहरैँचामा सडक दुघर्टना, कांग्रेस धनकुटा सचिवको मृत्यु

मोरङ, असार ७ : मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा नेपाली कांग्रेस धनकुटाका सचिव कृष्णबहादुर थापासहित दुई जनाको मृत्यु भएको छ । आइतबार...
मोरङको सुन्दरहरैँचामा सडक दुघर्टना, कांग्रेस धनकुटा सचिवको मृत्यु

मोरङ, असार ७ : मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा नेपाली कांग्रेस धनकुटाका सचिव कृष्णबहादुर थापासहित दुई जनाको मृत्यु भएको छ । आइतबार राति थापा सवार मोटरसाइकललाई टिपले ठक्कर दिँदा थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सुनिल थापासँगै कांग्रेसमा गएका उनले कांग्रेसमा जिल्ला सचिवकै जिम्मेवारी पाएका थिए । साह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी रहेको बताइएको छ ।

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ । दुर्घटनामा परेको को३६प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुरले चलाएका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्व(पश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका(९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरीत दीशातर्फ आउँदै को३६प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

 

प्रकाशित मिति: १०:४५ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्