मेरो हस्ताक्षर दुरुपयोग भयो : डा. बाबुराम भट्टराई
काठमाडौं, असार ७ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन...
काठमाडौं, असार ७ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने विषयलाई लिएर जसपाभित्र विवाद उत्पन्न भएको छ। अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी छ भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष विरोधमा छ।
दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। उनीहरूले त्यसको जानकारी निर्वाचन आयोगलाई दिएका छन्।
अध्यक्ष ठाकुरले आयोगलाई बुझाएको कागजातमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको डा. भट्टराईले बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै लेखेका छन्, ‘ओली–विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।’
उनले अध्यक्ष ठाकुरले नक्कली श्रेस्ता बनाएको आरोप लगाएका छन्। डा.भट्टराईले भनेका छन्, ‘स्वच्छ छवीका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु।’
आयोग दुवै अध्यक्षलाई केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णय लगायतका कागजात मागेको थियो। ठाकुरले बुझाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आफू नबसेको डा. भट्टराईको भनाइ छ।
उनले बैठक नबसलारे नक्कसी श्रेस्ता तयार पारेर आयोगलाई बुझाएको उनले जनाएको छ। जसमा आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको उनको जिकिर छ।
ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु!NOT IN MY NAME!
— Baburam Bhattarai (@brb1954) June 20, 2021











