Kathmandu Press

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका नेता भट्टराईसँग मनाङ्गेको भेट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका नेता भट्टराईसँग मनाङ्गेको भेट

काठमाडौं, असार ६ : गण्डकी प्रदेशका विना बिभागीयमन्त्री दिपक मनाङ्गे (राजिव गुरुङ) ले नेकपा माओवादी केन्द्रका भेट गरेका छन्।

भेटको तस्वीर सार्वजनिक गर्दै मन्त्री मनाङ्गले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिएका छन् । यस्तै मनाङ्गेले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि भेट गरेका छन् ।

दुबै नेतासँग गण्डकी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा छलफल भएको बुझिएको छ । मनाङबाट स्वतन्त्र सांसदका रुपमा जितेका मनाङ्गेले केही समयअघि सम्पन्न गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा विपक्षी गठबन्धनलाई साथ दिएका थिए।

उनले साथ दिएकै कारण नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन्।  निर्णायक भूमिका रहेका मनाङ्गेले त्यसअघि भने नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङलाई साथ दिएका थिए। 

प्रकाशित मिति: १९:२४ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्