Kathmandu Press

विपद्का कारण ६५ दिनमा ७१ जनाको मृत्यु, २४ बेपत्ता

काठमाडौं, असार ६ : पछिल्लो दुई महिनायता विपद्का ८ सय १३ घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख...
विपद्का कारण ६५ दिनमा ७१ जनाको मृत्यु, २४ बेपत्ता

काठमाडौं, असार ६ : पछिल्लो दुई महिनायता विपद्का ८ सय १३ घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ५ गतेसम्म ६५ दिनको अवधिमा त्यति घटना भएका हुन्।

बाढी, पहिरो, अविरल वर्षा, हावाहुरी, डढेलो, आगलागी, चट्याङ, जनवार आक्रमण, सर्पदंशलाई विपद्का रूपमा लिइन्छ। यस्ता विपद्मा परी देशभर ७१ जनाले ज्यान गुमाइसकेका छन् भने २४ जना बेपत्ता भएका छन्।

विपद्कै कारण २ सय जना घाइते भएका छन् भने ४१ करोड ५६ लाख १४ हजार १ सय ९० रुपैंयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालका अनुसार बाढि, पहिरो, चट्याङ, जनवार आक्रमणलजस्ता विपद्मा परी बढी मानिसको मृत्यु भएको बताएका छन्।

Hardik ivf

बाढी

सहप्रवक्ता खनालका अनुसार वैशाखयता असार ५ सम्म ३७ स्थानमा बाढी गए। ‘बाढीमा परी १० जनाले ज्यान गुमाएका छन्,’ उनी भन्छन्, ‘बाढीका कारण २४ जना बेपत्ता भएका छन्।’ बाढीले गर्दा अनुमानित ५ करोड ११ लाख ९७ हजार पाँच सय रुपैयाँ क्षति पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। 

पहिरो

प्राधिकरणको तथ्यांकअनुसार ६५ दिनमा ७९ स्थानमा पहिरो गएको छ। जसका कारण आठजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। पहिरोले अनुमानित १६ लाख ७ हजार ५ सय रुपैयाँ क्षति पु¥याएको तथ्यांक छ। 

अविरल वर्षा

यस अवधिमा ४३ पटक अविरल वर्षा भए। वर्षाका कारण तीनजनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। वर्षाका कारण एकजना बेपत्ता भएका छन् भने ३४ लाख ३५ हजार रुपैयाँ क्षति पुगेको छ। 

हावाहुरी

वैशाखयता २९ पटक क्षति पुग्याउने गरी हावाहुरी आएको छ। हावाहुरीका कारण भौतिकसँगसँगै मानवीय क्षति पनि भएको छ। हावाहुरीका कारण एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। त्यसैगरी ५८ लाख ३६ हजार रुपैयाँ बराबर क्षति पुर्याएको प्राधिकरणको तथ्यांक सहप्रवक्ता खनाल बताउँछन्। 

आगलागी

यसैगरी उक्त अवधिमा ४ सय ४ स्थानमा आगलागी भएको छ। जसका कारण नौजनाले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका छन्। आगलागीबाट ३८ करोड ९१ लाख १४ हजार ८ सय ६० रुपैयाँको धनमाल क्षति भएको जनाइएको छ। 

डढेलो 

त्यस अवधिमा ६२ स्थानमा डढेलो लागेको छ। डढेलोको कारण तीनजनाले ज्यान गुमाएका छन्। डढेलोमा परी एकजना घाइते भएका हुन्। डढेलोबाट अनुमानित ४ लाख ५० हजार रुपैयाँ क्षति पुगेको अनुमान गरिएको छ। 

चट्याङ

वर्षायाममा हुने चट्याङ लागेर २२ जनाले ज्यान गुमाएका छन् भने ९० जना घाइते भएका छन्। चट्याङका कारण १ करोड ४६ लाख १४ हजार ८ सय ३० रुपैयाँको क्षति हुन पुगेको अनुमान गरिएको उनले जानकारी दिए। 

जनावर आक्रमण 

जनवार आक्रमणका कारण १० जनाको ज्यान गएको छ भने ३६ जना घाइते भएका छन्। त्यसैगरी जनवार आक्रमणका कारण ५ लाख ५६ हजार रुपैयाँ क्षति पुगेको बताउँछन्। सर्पदंशका कारण पाँचजनाले ज्यान गुमाएका छन् भने एकजना घाइते भएको प्राधिकरणका सहप्रवक्ता खनालले जानकारी दिए।

‘प्रत्येक जिल्लाबाट आएको तथ्यांक भएकाले गलत हुँदैन,’ प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालका भन्छन्, ‘जिल्ला प्रहरी तथा विपद् शाखाबाट तथ्यांक संकलन गर्ने गरिएको छ।’

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्