देउवाको चेतावनी- अलोकतान्त्रिक बन्दै गए ओली सरकार ढाल्छौं
काठमाडौं, असार १३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि नै हस्तक्षेप गर्न थालेकाले सरकार ढाल्ने....
काठमाडौं, असार १३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि नै हस्तक्षेप गर्न थालेकाले सरकार ढाल्ने चेतावनी दिएका छन्।
स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले सरकारले अलोकतान्त्रिक कदम कांग्रेसलाई सैह्य नहुने समेत चेतावनी दिए। राणा शासन, पञ्चायत र राजसंस्थालाई ढालेको स्मरण गराउँदै देउवाले जनताका विरुद्ध काम गरे नेकपा नेतृत्वको सरकारलाई समेत सडकबाटै ढाल्ने चेतावनी दिए।
सभापति देउवाले सरकार असफल भएको महसुस जनताले गरिसकेकाले अब कांग्रेसले सडक र सदनबाट आन्दोलन छेड्ने तयारी गरिरहेको बताए। मानवअधिकार आयोगमासमेत सरकारले हस्तक्षेप गरेको बताउँदै उनले तानाशाही शैलीमा गरिएका क्रियाकलाप सैह्य नहुने चेतावनी दिए।
कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले दिएको ‘म्यान्डेट’लाई दुईतिहाइको शक्तिशाली सरकारले सम्बोधन गर्न आरोप लगाए। पौडेलले अब कांग्रेस एकजुट भएर निराश भएका जनताको आवश्यकता पूरा गर्न लाग्नु पर्ने बताए।






