Kathmandu Press

काठमाडौं उपत्यकामा कुन बार कुन पसल खोल्न पाइन्छ ?

काठमाडौं, असार ६ : निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चलाउन पाइने गरी काठमाडौं उपत्यका प्रशासनले एक साता निषेधाज्ञा थपेको छ।उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र...
काठमाडौं उपत्यकामा कुन बार कुन पसल खोल्न पाइन्छ ?

काठमाडौं, असार ६ : निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चलाउन पाइने गरी काठमाडौं उपत्यका प्रशासनले एक साता निषेधाज्ञा थपेको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज (आइतबार( बसेको बैठकले असार ८ देखि १४ गतेसम्मका लागि थप गरेको निषेधाज्ञालाई खुकुलो बनाउँदै लाने नीतिअनुरूप शनिबारबाहेक बारअनुसार सबैखाले पसल खोलन दिने निर्णाय गरेको छ।

जसअनुसार आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुँडा, अटोमोबाइल्स, विद्युतीय सामग्री पसल खोल्न दिने निर्णय गरिएको काठमाडौं प्रशासनले जनाएको छ।

त्यस्तै सोमबार, बुधबार र शुक्रबार सोही समयमा सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, कस्मेटिक, टेलरिङ, गिफ्ट पसललगायत खोल्न दिने जनाइएको छ।

खाद्यान्न, तरकारी, दूध, किताब पसललगायत बिहान ११ बजेसम्ममात्रै खोल्न दिने अघिल्लो पटकको निर्णयलाई नै कायम गरिएको छ।

रेस्टुरेन्ट भने टेक अवे र होम डेलिmभरी मात्र गर्न पाइने बताइएको छ। हार्ड वेयर पसल भने बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय भएको छ।

शनिबार अत्यावश्यकबाहेक अन्य कुनै पसल पनि खोल्न नदिने निर्णय पनि उपत्यका प्रशासनले गरेको छ।

प्रकाशित मिति: १८:१० बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्