पर्सामा थपियो एक साता निषेधाज्ञा, १० देखि ५ बजेसम्म पसल खोल्न पाइने
वीरगन्ज, असार ६ : पर्सामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ। आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १३ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।
बैठकले निषेधाज्ञाको परिमार्जन पनि गरेको छ। परिमार्जित व्यवस्थाअनुसार स्वास्थ्यका मापदण्ड पालना गरी बिहान १० देखि अपराह्न ५ सम्म पसल खोल्न पाइनेछ।
जिल्ला प्रशासन कार्यालय पर्साले अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र कम्तीमा दुई मिटरको दुरी कायम गर्नुपर्ने, भीडभाड हुने कार्यमा रोक लगाउने निर्णय गरेको छ।
निषेधाज्ञा अवधिभर सरकारी तथा निजी कार्यालयले सेवा प्रवाह गर्ने र त्यसका लागि लागि उपयुक्त व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखलाई दिने निर्णयसमेत गरिएको बताइएको छ।
प्रकाशित मिति: १६:५६ बजे, आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१