Kathmandu Press

झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं, असार ६ : भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।स्वास्थ्यमा सुधार...
झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं, असार ६ : भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।

स्वास्थ्यमा सुधार हुँदै गएपछि अक्सिजन सपोर्ट पनि हटाइसकिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।

नेता खनाल र आफूबीच आइतबार मा कुराकानी भएको सुनाउँदै उनले ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको भए पनि थप उपचारका लागि केही समय अस्पतालमा बस्ने जानकारी आएको बताए। 

स्वास्थ्यमा जटिलता देखिएपछि नेता खनाल एक साताअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। त्यहाँका चिकित्सकहरूको सुझावपछि उनलाई थप उपचारका लागि बुधबार नयाँ दिल्ली लगिएको थियो।

चिकित्सकहरूले पहिला कोरोना संक्रमणले निमोनिया गराएको र त्यसले गर्दा फेरि स्वास्थ्य समस्याआएको हुन सक्ने बताएका छन्।

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्