Kathmandu Press

 ४० हजार घुससहित पक्राउ परे धादिङका सहायक वन अधिकृत

 ४० हजार घुससहित पक्राउ परे धादिङका सहायक वन अधिकृत

काठमाडौं, असार ६ : धादिङबाट सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलकण्ठ सबडिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख पौडेललाई घुससहित पक्राउ गरेको हो।

उनले सेवाग्राहीसँग ४० हजार घुस रकम लिएकाे अख्तियारले जनाएकाे छ ।

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भन्दै कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने हो भन्दै पौडेलले ४० हजार रूपैयाँ घुस माग गरेका थिए।

सो उजुरीपछि अख्तियारको काठमाडौंस्थित टंगालबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

प्रकाशित मिति: १५:३० बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्