Kathmandu Press

जातका कारण कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

काठमाडौं, असार ५ : जातका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ।जातकै कारण कोठ नदिएको भन्दै रूपाले दिएको...
जातका कारण कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

काठमाडौं, असार ५ : जातका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिएको आरोपमा एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ।

जातकै कारण कोठ नदिएको भन्दै रूपाले दिएको उजुरीका आधारमा काठमाडौंको बबरमहलकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो। 

घरबेटी प्रधानलाई बबरमलबाटै आज (आइतबार) पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता रमेश बस्नेतले बताए।

इमेज टेलिभिजनकी कार्यक्रम प्रस्तोतासमेत रहेकी रूपा आफ्नी साथीसँग गत मंगलबार बबरमहलमा कोठा खोज्न जाँदा सुरूमा घरबेटी प्रधानले कोठा दिने कुरा गरेकी थिइन्।

तर जात सोधेपछि यथार्थ बताउँदा कोठा दिन इन्कार गरेपछि रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै प्रधानविरुद्ध गत बिहीबार वृत्तमा जाहेरी दिएकी थिइन्।

जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरिएको वृत्तले जनाएको छ। त्यस्तो कसुर गरेको ठहरिए तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि २ लाख रूपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।  

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्