Kathmandu Press

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द

काठमाडौं, असार १३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको छ। ‘विमानस्थल संकटकालीन’ पूर्व अभ्यासका लागि शुक्रबार आध....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द

काठमाडौं, असार १३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको छ। ‘विमानस्थल संकटकालीन’ पूर्व अभ्यासका लागि शुक्रबार आधा घण्टाका लागि बन्द गरिएको हो।

विमानस्थलमा ‘बम थ्रेट’सम्बन्धी पूर्णकालीन अभ्यासका लागि विमानस्थल बन्द गरिएको बताइएको छ। जसमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागिता रहनेछ।

सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए। उनका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो।

अभ्यासका क्रममा आज अपराह्न ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडान तथा अवतरण बन्द गरिनेछ। त्यसअवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द हुनेछन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको जनाएको छ।

बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिनेछ। विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार उडा नं. इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिनेछ।

यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ।

प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, असार १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्