Kathmandu Press

बुढानिलकण्ठमा बागमतीका नेतासँग छलफल गर्दै देउवा

बुढानिलकण्ठमा बागमतीका नेतासँग छलफल गर्दै देउवा

काठमाडौं, असार ६ : फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्।

भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका देउवाले बिहान १० बजे बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग देउवाले छलफल सुरू गरेका हुन्।   छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी छन् ।

देउवाले आफू पक्षका केन्द्रीय सदस्यलाई बुढानिलकण्ठ बोलाउँदै महाधिवेशनमा सहयोग गर्न आग्रह गरिरहेका छन्।

देउवाले आज गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग अपरान्ह ३ बजे छलफल गर्न लागेका छन्। साथै शनिबार देउवाले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए।

कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। 

प्रकाशित मिति: १०:२४ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्