Kathmandu Press

पार्टीहरुलाई नयाँ दिशा आवश्यक : बाबुराम भट्टराई

काठमाडौं, असार ६ : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीलाई नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् । राजनीतिक दल र...
पार्टीहरुलाई नयाँ दिशा आवश्यक : बाबुराम भट्टराई

काठमाडौं, असार ६ : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीलाई नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् । राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको औंल्याउँदै उनले अब नयाँ बनाउन आँट गर्नुपर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीट गर्दै समस्या एकातिर तर, समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरे । ‘भनिन्छ– टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/ दल /नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु !’

उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताउँदै अगाडि भने, ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है ।’

प्रकाशित मिति: १०:०३ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्