पूर्वराज्यमन्त्री विष्टको कोरोनाबाट निधन
काठमाडौं, असार ६ : नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टको कोरोना भाइसको संक्रमणबाट निधन भएको छ।उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो। उपचारका...
काठमाडौं, असार ६ : नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टको कोरोना भाइसको संक्रमणबाट निधन भएको छ।
उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो। उपचारका लागि सुर्खेतबाट काठमाडौं ल्याइएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ।
उनी लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका थिए। २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए।
त्यस्तै, उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री बनेका थिए।
कांग्रेस सभापति देउवाले पूर्वराज्यमन्त्री विष्टको निधनमा दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत परिवारजनप्रति समवेदन प्रकट गरेका छन्।
पूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खवरले निकै दुखी भएको छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु। pic.twitter.com/5wR5ZOXwqU
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 20, 2021











