Kathmandu Press

फ्रान्स र हंगेरीले खेले बराबरी

काठमाडाैं, असार ५ : १६औं संस्करणको युरोकपमा फ्रान्स र हंगेरीले बराबरीमा रोकिएको छ । शनिबार साँझ पुडापेस्टस्थित फ्रांक पुस्कास स्टेडियममा भएको खेलमा फ्रान्स...
फ्रान्स र हंगेरीले खेले बराबरी

काठमाडाैं, असार ५ : १६औं संस्करणको युरोकपमा फ्रान्स र हंगेरीले बराबरीमा रोकिएको छ । शनिबार साँझ पुडापेस्टस्थित फ्रांक पुस्कास स्टेडियममा भएको खेलमा फ्रान्स र हंगेरीले १–१ गोलको बराबरी खेलेका हुन्।

खेलमा अग्रता पनि घरेलु टोली हंगेरीले नै लियो । पहिलो हाफको इन्जुरी समयमा अतिला फिओलाले गोल गरेको थियो । उनले रोलान्ड सलाइको पासमा गोल गरेका थिए ।

६६औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि गोल नहुँदा फ्रान्स हंगेरीसँग अंक बाँड्न बाध्य भयो ।

युरोकपको ग्रुप अफ डेथका रुपमा रहेको समूह एफमा ४ अंकसहित फ्रान्स शीर्ष स्थानमा छ । यता, हंगेरीले पनि पहिलो अंक जोडेको हो । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई ३–०ले हराएको थियो भने हंगेरी पोर्चुगलसँग ३–०ले पारजित भएको थियो ।

प्रकाशित मिति: २१:४८ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्