Kathmandu Press

आइपुग्यो यूएसएडको सहायता सामग्री

अमेरिकी सहयोग नियोग (यूएसएड)ले नेपालका लागि पठाएका सहायता सामग्री शनिबार काठमाडौं ल्याइएको छ।
आइपुग्यो यूएसएडको सहायता सामग्री

काठमाडौं, असार ५ : अमेरिकी सहयोग नियोग (यूएसएड)ले नेपालका लागि पठाएका सहायता सामग्री शनिबार काठमाडौं ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अवतरण भएको विमानमार्फत ती सामग्री ल्याइएको हो । अमेरिका क्यालिफोर्नियाको ट्राभिस एयरफोर्स बेसबाट उडेको विमान पाकिस्तान हुँदै नेपाल आएको हो । उक्त विमानमा नेपाल र पाकिस्तानका लागि स्वास्थ्य सामग्री पठाइएको थियो ।

विमानमा नेपालका लागि फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले उपलब्ध गराएका चार लाख केएन–९५ मास्क र क्यालिफोर्निया गभर्नर अफिस अफ इमर्जेन्सी सर्भिसेजले दिएको चार लाख ४० हजार थान डिस्पोजेबल गाउन थिए । नेपालका लागि पल्स अक्सिमिटर तथा व्यक्तिगत सुरक्षा सामग्री पनि विमानमा ल्याइएको छ ।

पाकिस्तानका लागि १० लाखभन्दा बढी मास्क फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले उपलब्ध गराएका नौ लाख २८ हजार केएन–९५ मास्क र मेडसेयरले दिएको ९६ हजार सर्जिकल मास्क सोही विमानमा ल्याइएको थियो ।

उक्त सहायता नेपाल र पाकिस्ताका लागि सर्जिकल मास्क, फेस सिल्ड, पल्स अक्सिमिटर, व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने अमेरिकी सरकारको योजनाअनुसार पठाइएको हो ।

अमेरिकाले नेपाल, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकासहित दक्षिण एसियाली मुलुकलाई सात सातायता कोभिड–१९ विरुद्ध अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । त्यस्तो सहायता ६ करोड ६० लाख अमेरिकी डलरबराबरको हो ।
 

प्रकाशित मिति: २०:१८ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्