Kathmandu Press

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, सवारी साधन चलाउने-नचलाउने विषयमा अन्योल

आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड-१९ जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) बैठक र तीनै जिल्लाका प्रजिअको बैठकले यसको टुंगो लगाउने छ ।
उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, सवारी साधन चलाउने-नचलाउने विषयमा अन्योल

काठमाडौं, असार ५ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप साता लम्ब्याउने तयारी गरिएको छ। उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो गरेर एक साता थप गर्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

निषेधाज्ञा एक साता थपिने भए पनि मोडालिटीका विषयमा टुंगो नलागिसेको उनले बताए । उनले आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड-१९ जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) बैठक र तीनै जिल्लाका प्रजिअको बैठकले यसको टुंगो लगाइने बताए।

सवारी साधान चलाउने कि नचलाउन भन्ने विषय पनि टुंगो लागिनसकेकोउनले बताए । ‘सवारी साधा जोरबिजोरका आधारमा चलाउने कि भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने।

कोभिड-१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन।

प्रकाशित मिति: १९:५९ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्