Kathmandu Press

अझै १० दिन निषेधाज्ञा थप्ने उपत्यका प्रशासनको तयारी

काठमाडौं, असार ५ : असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ।उपत्यकाका तीन...
अझै १० दिन निषेधाज्ञा थप्ने उपत्यका प्रशासनको तयारी

काठमाडौं, असार ५ : असारको दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’को प्रसंग चलिरहेका बेला उपत्यका प्रशासनले जारी निषेधाज्ञालाई १० दिनसम्म लम्ब्याउने तयारी गरेको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थप्ने तयारी गरिरहेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकाका अनुसार महामारी नियन्त्रणबाहिर नजाओस् भनेर उपत्यकाका तीन जिल्लामा अहिलेकै मोडालिटीको निषेधाज्ञालाई निरन्तरता दिन लागिएको हो।

उपत्यकाको संक्रमण दरलाई आधार बनाएर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै लाने बताइएको छ। थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गर्ने भनी छलफल भइरहेको काठमाडौं प्रशासनको भनाइ छ।

अहिले संक्रमण दरबारे समीक्षा भइरहेको जनाइएको छ। समीक्षाको निष्कर्षलाई हेरेर निषेधाज्ञाको मोडालिडी बन्ने प्रशासनको भनाइ छ।

ललितपुर प्रशासनले पनि केही क्षेत्रमा खुकुलो गरी बढीमा १० दिनसम्म निषेधाज्ञा थप गर्ने कुरा भइरहेको जनाएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बुधबारको बैठकले असार ७ गतेपछि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरिसकेको छ। 

सो बैठकले निजी तथा सार्वजनिक सवारीसाधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो।

भोलि (आइतबार) उपत्यकाका तीन प्रजिअको बस्ने बैठकले जारी निषेधाज्ञाको निरन्तरता, मोडालिटी परिवर्तनबारे निर्णय लिने बताइएको छ।

उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा आउने सोमबारसम्मका लागि मात्रै कायम रहनेछ। 

प्रकाशित मिति: १७:४२ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्