Kathmandu Press

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार ९ जना उत्तीर्ण (सूचीसहित)

काठमाडाैं, असार १३ : कोरियाली भाषा परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ।

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले शुक्रबार  गत जेठ २५ ....

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार ९ जना उत्तीर्ण (सूचीसहित)
फाइल फोटो

काठमाडाैं, असार १३ : कोरियाली भाषा परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ।

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले शुक्रबार  गत जेठ २५ र २६ मा  लिएको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो। भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए। 

उनका अनुसार निर्माण सम्बन्धी कामका लागि ९ हजार १ सय ४३ र कृषि कामका लागि २ हजार ८ सय ७६ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। सन् २०१९ को  कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएपनि ८४ हजार २ सय १५ जना परीक्षामा सहभागी भएका थिए।

दक्षिण कोरियाले उत्पादनमुलक कामका लागि ७ हजार ५० र कृषिका लागि ३ हजार गरी १० हजार ५० कामदार लैजाने निर्णय गरेको इपिएस शाखाले बताएको छ।

सन् २०१९ को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार आठ सय ६६ जनामध्ये सात हजार नौ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए।

कोरियन भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np मा हेर्न सकिनेछ।

हेर्नुस् नतिजा:

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, असार १३, २०७६