Kathmandu Press

विपत्तिको घडीमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री पौडेल

काठमाडौं, असार ५ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्राकृतिक विपत्तिको घडीमा पीडितको उद्धार, राहतलगायत कार्यमा स्काउटको भूमिका महत्वपूर्ण हुने गरेको बताएका छन्। नेपाल...
विपत्तिको घडीमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री पौडेल

काठमाडौं, असार ५ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्राकृतिक विपत्तिको घडीमा पीडितको उद्धार, राहतलगायत कार्यमा स्काउटको भूमिका महत्वपूर्ण हुने गरेको बताएका छन्। नेपाल स्काउटको स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्काउटले विश्वव्यापी फैलिएको कोभिड महामारीमा सुरक्षात्मक मापदण्डको परिपालनाका लागि सचेतना प्रवाह गर्न तथा शव व्यवस्थापनलगायत कार्यमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन् । 

‘नेपाल स्काउटको ७०औँ स्थापना दिवसका अवसरमा स्काउट अभियानमा जोडिनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु, प्राकृतिक विपत्तिको घडीमा पीडितहरुको उद्धार, राहतलगायत कार्यमा स्काउट सधैँ अग्रपङ्क्तिमा उभिँदै आएको छ, बालबालिका तथा युवाहरुको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक भवनाको विकास गराई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा विसं २००९ ९सन् १९५२० मा स्काउटिङ अभियानको शुरुआत भएको हो,’ मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ । 

देशको भविष्यका रुपमा रहेका बालबालिका तथा वर्तमानका साझेदार एवम् विकास र समृद्धिका बलियो आधारस्तम्भका रुपमा रहेका युवालाई चरित्रवान्, नैतिक र स्वावलम्बी शिक्षा सिकाइ उनीहरुलाई सानै उमेरदेखि नै साहसिक क्रियाकलाप, विपद् व्यवस्थापन, सामुदायिक कार्य, स्वयम्सेवी भावनाको विकास गर्न नेपाल स्काउटको भूमिका उल्लेखनीय रहँदै आइरहेको सन्देशमा उल्लेख छ । 

समयसापेक्ष तालीम तथा क्षमता अभिवृद्धिका कार्यक्रममार्फत विपद्को अवस्थामा उद्धार, अन्य मानवीय सहायता, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा आपत्कालीन अवस्थामा स्थानीय स्तरमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने गरी स्काउटलाई तयारी गर्नु आवश्यक रहेको उनको भनाइ छ । यसतर्फ दृष्टिगत गर्दै बालबालिका र युवाको सर्वपक्षीय विकासका स्काउट अभियानलाई प्रदेशका सबै विद्यालय र समुदायस्तरमा विस्तार गर्न वाग्मती प्रदेश सरकारले विशेष प्राथमिकता दिएको मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १३:४५ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्