महाकाली नदीमा बाढी, सतर्क रहन एसएमएस
काठमाडौं, असार ५ : दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा बाढी आएको छ।आज बिहान महाकाली नदीले डडेल्धुराको परिगाउँ जलमापन केन्द्रमा सतर्कता तह पार...
काठमाडौं, असार ५ : दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा बाढी आएको छ।
आज बिहान महाकाली नदीले डडेल्धुराको परिगाउँ जलमापन केन्द्रमा सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पानीको सतह अझै बढ्दो क्रममा रहेको छ। पानीको सतह बढ्दै गएकाले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा डुबान हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ।
महाशाखाका अनुसार आज साँझसम्म नै जोखिम रहेको छ। त्यसैले सतर्कता अपनाउन महाशाखाले स्थनीय प्रशासन, तटीय क्षेत्रका बासिन्दालाई एमएमएस पठाएको छ।
दुई दिनदेखि महाकाली नदीको माथिल्लो क्षेत्रमा वर्षा भइरहेको छ। जसले गर्दा अझै पनि पानीको सहत बढ्नसक्ने महाशाखाले जनाएको छ।
असार ५ गते बिहान ६:३० बजे, महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले महाकाली नदी तल्लो तटीय डुबान भइरहने होचा स्थानमा हुनेहरूले साँझ सम्मै सतर्कता अपनाऔँ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 19, 2021
SMS Alert Sent pic.twitter.com/NgFOao19J8











