Kathmandu Press

क्रोएसिया युरो कपको समूह चणबाटै बाहिरिने खतरा

काठमाडौं, असार ५ : समूहको दोस्रो खेल बराबरीमा टुङ्गिएपछि क्रोएसिया युरो कपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ।शुक्रबार राति भएको खेलमा चेक रिपलब्किसँग...
क्रोएसिया युरो कपको समूह चणबाटै बाहिरिने खतरा

काठमाडौं, असार ५ : समूहको दोस्रो खेल बराबरीमा टुङ्गिएपछि क्रोएसिया युरो कपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ।

शुक्रबार राति भएको खेलमा चेक रिपलब्किसँग १–१ गोलको बराबरीमा रोकिएपछि क्रोएसिया समूह चरणबाटै बाहिरिने खतरा बढेको हो। समूह ‘डी’मा रहेको क्रोसियाको २ खेलमा १ अंक मात्र छ। 

पहिलो खेलमा इग्ल्यान्डसँग १–० ले पराजित भएको थियो। अब उसलाई नकआट चरण पुग्न अन्तिम खेलमा स्कटल्यान्डलाई हराउनै पर्नेछ भने अरुको नतिजामा पनि भर पर्नुपर्नेछ।

यता, क्रोएसियालाई बराबरीमा रोकेपछि चेक रिपब्लिकको भने अघिल्लो चरण पुग्ने सम्भावना बलियो भएको छ। पहिलो खेलमा स्कटल्यान्डलाई २–० ले हराएको चेकले ४ अंक जोडेको छ। 

हाम्पडेन पार्कमा भएको खेलमा चेक रिपब्लिकले सुरुआती अग्रता लियो। ३७औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाए। क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि चेक रिपब्लिकले पेनाल्टी पाएको थियो।

पहिलो हाफमा १–० ले पछि परेको क्रोएसियाले दोस्रो हाफको सुरुआतमै गोल फर्कायो। ४७औं मिनेटमा इभान पेरिसिचले आन्द्रे क्रामारिचको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि भने क्रोसियाले गोल थप्न सकेन। 

प्रकाशित मिति: ०६:३४ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्