Kathmandu Press

मेलम्ची बाढीका नाममा राहत संकलन गरे कारबाही गरिने जिप्रका सिन्धुपाल्चोकको चेतावनी

काठमाडौं, असार ४ : मेलम्ची बाढी पहिरो पीडितका नाममा चन्दा वा सहयोग संकलन गरेमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ...
मेलम्ची बाढीका नाममा राहत संकलन गरे कारबाही गरिने जिप्रका सिन्धुपाल्चोकको चेतावनी
फाइल तस्बिर

काठमाडौं, असार ४ : मेलम्ची बाढी पहिरो पीडितका नाममा चन्दा वा सहयोग संकलन गरेमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ ।

आज एक प्रेस बिज्ञप्ती जारी गर्दै जिप्रकाले मेलम्ची बाढी पहिरो पीडितका नाममा चन्दा वा संकलन तथा कालोबजारी गरेको पाइए २ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने भन्दै चेतावनी दिएको हो ।

प्रशासन कार्यालयले भनेको छ– ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा ९मोबाइल नम्बर ९८४१३९२८८३० मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ।’

प्रकाशित मिति: २०:५५ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्