Kathmandu Press

साउन १२ देखि वडा अधिवेशन शुरु गर्नेगरी कांग्रेसको महाधिवेशनसम्बन्धी प्रस्ताव पारित 

साउन १२ देखि वडा अधिवेशन शुरु गर्नेगरी कांग्रेसको महाधिवेशनसम्बन्धी प्रस्ताव पारित 

काठमाडौं, असार ४ : नेपाली कांग्रेसले महाधिवेशनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

जसअनुसार गाउँ नगर वडा अधिवेशन २०७८ साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन २०७८ साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७८ साउन २० गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ साउन २३ गते हुनेछ ।

यस्तै,  एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ साउन २६ गते, प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते र केन्द्रीय महाधिवेशन २०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा गर्ने गरी गरिएको प्रस्ताव पारित गरेको हो ।

केन्द्रीय समितिमा हिजो उक्त प्रस्ताव पेश भएको थियो। 

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्